चितवनको मुग्लिन नजिकै टिपर दुर्घटनामा परेको छ।
आइतबार दिउँसो भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मुग्लिन नारायणगढ सडकमा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बर अनियन्त्रित भई दुर्घटनामा परेको उनले बताए। दुर्घटनापछि घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
च्यापिएर गम्भीर घाइते भएका चालकको उद्धार पछि उपचारका लागि भरतपुर पठाइएको छ। चालकको परिचय खुलेको छैन।