सुर्खेतमा लागु औषध ट्रमाडोल ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका-४ का औषधी पसल सञ्चालक ५४ वर्षीय रमेशबहादुर शाही, २५ वर्षीय हिक्मतजंग शाही, २५ वर्षीय प्रलाद अधिकारी पक्राउ परेका हुन्।
उनीहरूलाई प्रहरीले आइतबार साढे दुई बजे पक्राउ गरिएको हो।
औषधी पसल जाँचको क्रममा २४७ पिस ट्रमाडोल र खाली ४१० वटा बरामद भएपछि रमेशबहादुरसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
उनीहरूलाई सुर्खेत ल्याई अनुसन्धान भइरहेको छ।