सुर्खेतमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
युवतीलाई दुर्व्यवहार गरेर भिडिओ बनाइ समाजिक सञ्जालमा राखेको आरोपमा शनिबार प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका-३ बस्ने २८ वर्षीय टोपेन्द्र शाही भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
शाहीले युवतीमाथि दुर्व्यवहारजन्य भिडिओ बनाइ सामाजिक सञ्जालमा राखेको उजुरी छ। उनले समुदाय बीच घृणा हुने, महिलाहरूलाई हैरानी, अपमान र अमर्यादित हुने गरी भिडिओ बनाएको आरोप छ।
सोही अनुसार उनलाई पक्राउ गरिएको डिएसपी बुढथापाले बताए।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम जिल्ला अदलात सुर्खेतबाट म्याद थप गर्न लागिएको उनले जानकारी दिए।
'अहिले अदालतमै छौं। म्याद थपको काम भइरहेको छ,' उनले भने।