कालीखोलाको डाइभर्सन मर्मतपछि पूर्व-पश्चिम राजमार्गमा सवारी साधन सञ्चालनमा आएको छ।
शनिबार बिहान अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
डाइभर्सन मर्मतपछि दिउँसैदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएसँगै कोशी प्रदेशमा अति भारी वर्षा भएको थियो।
मनसुन भित्रिएलगत्तैको वर्षाले सडकहरूमा क्षति पुग्न थालेपछि बर्खाभरि के होला भन्ने त्रास उत्पन्न गराएको छ।
गएरातिदेखि शनिबार बिहानसम्म वर्षा हुँदा राजमार्गका विभिन्न ठाउँमा डाइभर्सन बगाउने, सडक भत्किने हुँदा दिनभरिजसो यातायात सामान्य ढंगले यातायात सञ्चालन हुन सकेन।