हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरुमा हल्का हुस्सु पनि लागेको छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
बिहीबार राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक-दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।