नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार दिउँसो अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरूले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो।
चीन र भारतले नेपाली भूभाग अतिक्रमण गरी व्यापारिक नाका बनाएको विरोधमा दूतावासअगाडि प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले जानकारी दिए।
संगठनको विदेश विभागले विरोध प्रदर्शनको आयोजना गरेको थियो।
प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष उमेश कँडेल, विराज थापा सहित झन्डै ५० विद्यार्थी नेता कार्यकर्ता सहभागी भएको महासचिव थापा मगरले जानकारी दिए।
दुई छिमेकी मुलुकले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा आजै माइतीघरमा सरकरमा सहभागी बाहेकका दलका विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन आयोजना गरेका थिए। तर भीषण वर्षाका कारण कार्यक्रम हुन नसकेको महासचिव थापा मगरले बताए।
यद्यपि सो कार्यक्रम पनि एक दुई दिनमै संयुक्त छलफल गरेर तय गरिने उनले बताए।