काठमाडौंका विभिन्न स्थानमा सवारी अस्तव्यस्त बनेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार सवारी साधनहरू क्यूमा चलिरहेका छन्।
उनका अनुसार त्रिपुरेश्वर, माइतीघर, टुँडिखेल आसपास, कोटेश्वर, जडिबुटी, ललितपुरको एकान्तकुना, गौशाला लगायत विभिन्न ठाउँमा सवारी आवतजावत गर्न समस्या भइरहेको हो।
यस्तै, कुमारीपाटी, लगनखेल, एकान्तकुनादेखि ग्वार्कोसम्मको सडक पनि अस्तव्यस्त बनेको छ। जसले गर्दा कतिपयलाई जाम छिचोल्न १/२ घण्टासम्म लागेको बताएका छन्।
भारी वर्षा भइरहेको समयमा सडकमा कम सवारी साधन गुड्ने उनले बताए।
‘पानी परिरहेको बेलामा सवारी साधनहरू कम गुड्छन्। तर पानी रोकिएपछि सवारी साधनहरू पनि एकैपटक निस्किने हुँदा अहिले सवारी साधनहरू क्यूमा चलिरहेका हुन्,’ उनले भने।
त्यस्तै अहिले ट्राफिक व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए।
‘ट्राफिक व्यवस्थापन पनि गर्ने काम भइरहेको छ। पानी पर्दा व्यवस्थापन पनि गर्न कठिन हुन्छ,’ उनले भने।