सुनसरीमा प्रहरीले गोली चलाएर ६९० किलो गाँजा बरामद गरेको छ।
मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चार राउण्ड गोली चलाएर ६९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
दुई वटा गाडीमा गाँजा बोकेको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। तर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएर एक जनालाई पक्राउ गरेको थियो।
एउटा गाडीलाई नियन्त्रणमा लिएपछि अर्को गाडी भागेको थियो। तर केही तल पुगेर गाडी छाडेर चालक फरार भएका थिए।
पक्राउ पर्ने मोरङ सुन्दरहरैँचा नगरपालिका-११ बस्ने श्याम विश्वकर्मा छन्। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।