विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।
माइती नेपालले शनिबार दीप प्रज्वलनको आयोजना गरेको हो।
गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।
विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउने गरिन्छ।
कार्यक्रममा सहभागी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एड्सबारे जनचेतना फैलाउन जरूरी रहेको बताइन्।
'एड्सबाट संक्रमित भएकाहरूलाई साथ र सहयोग चाहिन्छ। यसबारेमा जनचेतना फैलाउन पनि जरूरी छ,' उनले भनिन्।
यस्तै एड्सको संक्रमण रोक्नका लागि देशभित्र हुने मानव बेचबिखनलाई पनि नियन्त्रण गर्नुपर्ने बताइन्।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा मात्रै १३ लाख मानिसहरू यसबाट संक्रमित भएका थिए।
तस्बिरहरू
-1732973669.jpg)
-1732973674.jpg)
-1732973676.jpg)
-1732973676.jpg)
-1732973676.jpg)
-1732973675.jpg)
-1732973671.jpg)
-1732973674.jpg)
-1732973669.jpg)
-1732973675.jpg)
-1732973671.jpg)
-1732973671.jpg)
-1732973671.jpg)
-1732973670.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी