पहिरोका कारण अवरूद्ध नारायणगढ –मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए।
चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गएराति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरूद्ध बनेको थियो।
पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरूद्ध हुँदै आएको छ।