उखु किसानहरूले आज पनि माइतीघरमा धर्ना दिएका छन्।
गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले आइतबारदेखि आन्दोलन सुरू गरेका थिए।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने माग छ।
हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरुले आज पनि यसलाई निरन्तरता दिएका हुन्।
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन,उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।
धर्ना दिनका लागि उनीहरू उखुको लाँक्रा नै बोकेर माइतीघर पुगेका थिए।
तस्बिरहरू ः
-ink-1756108084.jpeg)
-ink-1756108087.jpeg)
-ink-1756108086.jpeg)
-ink-1756108086.jpeg)
-ink-1756108087.jpeg)
-ink-1756108086.jpeg)
-ink-1756108086.jpeg)
-ink-1756108085.jpeg)
-ink-1756108085.jpeg)
-ink-1756108084.jpeg)
-ink-1756108084.jpeg)
-ink-1756108084.jpeg)
तस्बिरहरू ः नेपाल फोटो लाइब्रेरी।