नेपालमा पहिलो पटक पशुपंक्षी कल्याणको मुद्दामा आधारित अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ‘जेन गुडविल इन्सिच्यूट नेपाल’को आयोजनामा पाँच दिने ‘एशिया फर एनिमल सम्मेलन’ काठमाडौंमा हुन लागेको हो।
सम्मेलनमा बढ्दो मानवीय व्यस्तता साथै औद्योगिकरणको युगमा पशु अधिकार सम्बन्धी मुद्दा ओझेलमा परेकोबारे विभिन्न छलफल तथा गोष्ठीहरू हुनेछ।
पशु अधिकार रक्षाका लागि मानव आचरण रुपान्तरणसम्बन्धी कार्यपत्र प्रस्तुती तथा विभिन्न नयाँ अभियानको पनि घोषणा हुनेछ।
डिसेम्बर २ देखि हुने सम्मेलनमा ४५ राष्ट्रका पशु अधिकारकर्मीहरूको उपस्थिति रहने बताइएको छ।