काठका कारण पुनर्निर्माणमा अवरोध आउन नदिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वन मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएको छ।
मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग सोमबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणका लागि सहज रुपमा काठ विक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गरे।
जिल्लामा प्रजिअको अध्यक्षतामा रहने आपूर्ति व्यवस्था समितिलाई सक्रिय बनाउन र भूकम्पप्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्नेलगायत काम तत्काल गर्न पनि उनले मन्त्रालयको ध्यानाकर्षण गराए।
कार्यक्रममा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठकै कारण पुनर्निर्माण प्रभावित हुन नदिने प्रतिबद्धता जनाए।