बिर्तामोडमा लगाएको निषेधाज्ञाको समयावधि प्रशासनले छोट्याएको छ।
आइतबार राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्म निषेधाज्ञा हटाएको प्रशासनले ३ घण्टा बढाएर आज मध्यान्ह १२ बजेसम्म हटाइएको छ।
झापा प्रशासनले यस अघि गएराति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा हटाएको थियो। बिर्तामोडको जनजीवन सामान्य बन्दै गएकोले निषेधाज्ञा छोट्याइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले बताए ।
बालक लक्ष्मण सिवाकोटीको विषयमा भएको प्रहरी र प्रर्दशनकारी बीच बढ्दो झडपलाई नियन्त्रण गर्न झापा प्रशासनले गत शक्रुबार साढे १ बजेदेखि बिर्तामोड आसपासको १ किलो मिटर क्षेत्रम निषेधाज्ञा लागू गरेको थियो ।