क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो।
पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताए। नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयमसेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उनले बताए। गत आर्थिक वर्षमा ३५ हजार यूनिट रगत जिल्लामा खपत भएको थियो। पौडेलका अनुसार दैनिक एक सयदेखि १५० यूनिट रगत जिल्लामा माग हुने गर्दछ।
हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरू मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन्। यसका लागि जिल्लामा गठित यूथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ।
जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ। यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत जाने गर्दछ।