अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिले कुनैपनि राजनीतिक दलमा आबद्ध नभएका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव सिफारिस गरेको छ। समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको मापदण्डमा राजनीतिक दलमा आबद्ध नभएको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको हो।
प्रदेश प्रमुखको योग्यताको लागि पाँच वटा मापदण्ड प्रस्ताव गरिएको छ। जसमा संविधान, कानून र प्रशासनको क्षेत्रमा अनुभव, स्वच्छ छवि र राष्ट्रिय ख्याति प्राप्त, राजनीतिक दलको सदस्य नरहेको, समाजमा महत्वपूर्ण योगदान पुर्याएको र सम्वन्धित प्रदेशमा मतदाता वा स्थायी बसोवास नभएको व्याक्ति हुनु पर्ने उल्लेख छ।
संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ।
सरकारले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपनि अझैसम्म प्रदेश प्रमुख नियुक्ति हुन भने सकेका छैनन्।