सरकारले ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदा व्यापक छलफल गरेर मात्रै तयार पार्ने भएको छ ।
सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विज्ञहरूसहितको व्यापक छलफल गरी ऐन बनाउन लागिएको जानकारी दिएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘संघीय निजामती सेवा ऐनको मस्यौदामा समावेश गरिएका मुख्य–मुख्य विषयहरू’ को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले ऐन निर्माणको कामलाई सरकारले हतारोको विषय बनाउन नचाहेको पनि स्पष्ट पारे ।
मन्त्री बस्नेतले समयको दबाबमा परेर गरिएका निर्णयले सरकार आफैं अफ्ठयारोमा पर्ने गरेको पनि स्मरण गराए ।
सरकारले विज्ञहरूसँग छलफल गरेर मात्रै ‘संघीय निजामती ऐन’ बनाउने तयारी गरेको हो । ऐनको मस्यौदामा संघीय ढाँचा अनुसारको निजामती सेवा संचालन र व्यवस्थापनको विषय समेटिएका छन् ।