व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिईन् ।
सो पत्र मन्त्रिपरिषद् विस्तारसँग सम्बन्धित थियो ।
बैठकमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘कर्मचारी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ सदनसमक्ष पेश गरे।
आजकै बैठकमा अर्थसमितिका सभापति प्रकाश ज्वालाले अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ पेश गर्दै संघीयता कार्यान्वयन गर्न ती विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गरे।