बाढीबाट क्षतिग्रस्त भएका तराईका विभिन्न खानेपानी आयोजना मर्मत सम्भारमा भारतले सहयोग गर्ने भएको छ ।
सोमबार बिहान खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवसँगको भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले तराईका जिल्लामा बाढीले क्षति पुर्याएका खानेपानी आयोजना तथा बोरिङहरूको मर्मत गरी सहयोग गर्ने बताएका हुन् ।
नेपालका विभिन्न खानेपानी आयोजनामा सहयोग गर्दै आएको भारतले क्षतिग्रस्त आयोजना मर्मतमा पनि सहयोग गर्ने बताएको सरसफाई मन्त्री यादवले जानकारी दिए ।
भारतीय राजदूत पुरी मन्त्री यादवलाई भेट्न सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा पुगेका थिए ।