आगामी असोज २ गते आठ जिल्लामा हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सरकारले अाठ जिल्लाका शिक्षण संस्थाहरूमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तेस्रो चरणको निर्वाचनका लागि अाठ जिल्लाका शिक्षण संस्थाहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको हो। सरकारले विद्यालयहरूमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसका साथै, बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्ब पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ।