नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले ३१औं विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाउने भएको छ।
अगष्ट ९ लाई जोड दिँदै नेफिनले सप्ताहव्यापी यो वर्ष 'प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरौं,' भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो।
सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकी सहित पाँच हजारको बृहत र्याली निकाल्ने भएको छ।
आइतबार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगष्ट ९ अर्थात श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको हो।
विश्वका आदिवासीहरुले विगत ३१ वर्ष देखि मनाउंदै आईरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन्।
आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्मीक पहिचानलाई स्थापीत गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गरौं आदिवासीको भूमि र प्राकृतिक श्रोत माथीको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने लागिएको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।
३१औं विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरुको उत्सवको रुपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु, नृत्यहरु, खानाका परिकारहरुको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए ।
नेफिनले उत्सवको रुपमा मूख्य कार्यक्रम श्रावण २४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिनेछ । मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्नेछन्।