नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो।
स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिए।