राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनीत गरेको छ।
आइतबार नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्की, सुशीलचन्द्र तिवारी र मधु भेटुवाललाई मनोनीत गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गरेका थिए।
नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरूरी रहेको उनले बताए।
नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहिसकेका रास्वपाले जनाएको छ।