नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातको रोगले चुनावमा बहुमत ल्याउन नसक्ने समस्या रहेको बताएका छन्।
एक्लैको बहुमत नआउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता रहेको उनले बताए।
कांग्रेसकी नेता गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले कहिले माओवादीसँग, कहिले एमालेसँग मिल्नुपर्ने बाध्यता रहेको बताए।
देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने बेला आएको बताएका छन्। रिटायर्ड हुँदैगर्दा पार्टीलाई एक बनाउने इच्छा रहेको उनले बताए।
'पार्टीमा टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ,' देउवाले भने, 'म रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ।'