नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि हुने आन्दोलनमा पर्यवेक्षण गर्न मानव अधिकार आयोगलाई आग्रह गरेको छ।
समिति संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर जेठ १५ गते सुरू हुने 'जनआन्दोलन'को स्वतन्त्र र सुक्ष्म ढंगले पर्यवेक्षण गर्न ध्यानाकर्षण गराएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत शक्ति प्रतिबद्ध रहेको उनीहरूले बताएका थिए।
राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्त भएका अभिव्यक्तिहरू नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न उनीहरूले आग्रह गरेका थिए।
आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने उनीहरूको भनाइ थियो।