नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।
गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट पेस भएको हो।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अधिवक्ताहरू विशाल थापा लगायतले शुक्रबार रिट पेस गरेका हुन्।
यद्यपि रिट दर्ता भने भएको छैन। 'निवेदन आएको छ। त्यसबारेमा छलफल भइरहेको छ,' उनले भने।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।
यसअघि गभर्नर बनाउने चर्चाबीच पनि पौडेलविरूद्ध रिट दायर भएको थियो।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेल पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा वैशाख ३० गते रिट पेस गरेका थिए। तर उक्त रिट सर्वोच्च अदालत प्रशासनले जेठ २ गते दरपीठ गरिदिएको थियो।
दरपीठविरूद्धको रिटमा पनि सर्वोच्चले प्रशासनको निर्णयलाई सदर गरेको थियो।