प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चो नभएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
प्रधानमन्त्री ओलीलाई रूघा लागेकोले आराम गर्नका लागि बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।
गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो। गभर्नर बन्ने चर्चा भएपछि गभर्नर समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिएका थिए।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्न राजीनामा दिएका थिए।
तर लामो समयसम्म पनि उनको राजीनामा स्वीकृत नभएपछि सत्तारूढ दलले नयाँ गभर्नर सिफारिस गर्ने तयारी गरेको थियो।
पौडेल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन्।
गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएको थियो।