नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै न्याय परिषदका दुई जना सदस्यलाई छलफलमा बोलाएको छ।
न्याय परिषदबाट साउन २२ गते उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएका थिए।
बारका महासचिव केदार कोइरालाले न्याय परिषदका दुई जना सदस्यलाई छलफलका लागि बोलाइएको सेतोपाटीलाई बताए। वरिष्ठ अधिवक्ताहरू दामोदर खड्का र महेश नेपाललाई छलफलका लागि बोलाइएको हो।
बार तथा प्रधानमन्त्रीका तर्फबाट सिफारिस भई नियुक्त भएका न्याय परिषदका दुई सदस्यलाई बारले छलफलका लागि आइतबार बोलाएको हो।
बारले ५० प्रतिशत न्यायाधीश पाउनुपर्ने बताएको थियो। त्यसअनुसार सिफारिस नभएपछि बार असन्तुष्ट छ।