नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताएका छन्।
बिपी कोइरालाबारे सुवास घिमिरेले लेखेको 'सान्दाजु' पुस्तकको सोमबार काठमाडौंमा लोकोर्पण गर्दै उनले भने, ‘अब हाम्रो जेनेरेसनको साथीहरूले एउटा संकल्प गर्ने बेला आएको छ। कांग्रेसभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ।’
उनले अहिले आफूहरूले बनाएको प्रधानमन्त्री भएको र अब हुनेवाला प्रधानमन्त्री पनि आफूहरूको हुने भए पनि खुसी नदेखिएको बताए।
‘अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो। खुशी हुनुपर्ने नि कांग्रेस त, सबै हाम्रो भएको बेलामा किन खुशी नभएको? हामीले खोजेको त्यो होइन रहेछ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)