निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ।
धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
अधिकारी पदमा हुँदा गठन भएको समितिमा नियुक्ति गरेको भन्दै उनीविरूद्ध रिट दायर भएको हो।
गभर्नर अधिकारी गत चैत २४ गते कारणले अवकाश पाएका थिए।
तर त्यसअघि नै समिति गठन भएको थियो। समितिको बैठक बस्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका दिए। त्यसपछि समितिमा अधिकारीलाई नियुक्ति दिइएको थियो।
सरकारले अझै पनि गभर्नर नियुक्ति भने गर्न सकेको छैन।