हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी तिमल्सेना माओवादी हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन्।
डा. रोकाया मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगका सदस्य थिए।
गत भदौ ४ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो।
उनले २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष बनेका थिए।