राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गर्ने बताएका छन्।
पूर्वसभामुख ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो।
राष्ट्रपति पौडेलले ढुंगानाको निधनको खबरले आफूलाई मर्माहत बनाएको पनि बताएका छन्।
‘पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नु भएको उहाँले वरिष्ठ अधिवक्ता, मानव अधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहनेछ,’ राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको राष्ट्रपति पौडेलले स्मरण गरेका छन्।
यो पनि: पूर्वसभामुख दमननाथ ढुंगानाको निधन