प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडकबाट पहिरो पन्छाएजसरी अहिलेको सरकारलाई पनि पन्छाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले पहिरोले सडक अवरूद्ध गरेको जस्तै अहिलेको सरकारले पनि नयाँ सरकार बन्ने बाटो छेकेर बसेको बताएका हुन्।
'देशव्यापी रूपमा पहिरो पन्छाएजस्तै यसलाई पनि छिटोभन्दा छिटो पन्छाउने काम गर्नुपर्यो। होइन भने बाटो छेकेजस्तो भएको छ,' उनले भने।
खतिवडाले ओखलढुंगाको पहिरे खोलामा तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउन पनि माग गरे।
पुल बनाउन टेण्डर आह्वान भएर पनि रद्द भएपछि मानिसहरूलाई आवातजावतमा समस्या भएकोले तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन्।
'हाम्रो फोटो राखेर 'रिप' सम्म लेख्ने काम भएको छ। यथाशीघ्र टेण्डर गरेर पुल निर्माणको काम अगाडि बढाइयोस्,' उनले भने।