प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बीआरआईको समझदारी पत्र संसदमा पेस गरिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै बजगाईले भने, ‘सांसदलाई बीआरआईको डकुमेन्ट पढ्नबाट बञ्चित नगराऔं न सभामुख महोदय।’
उनले बीआरआईबारे संसदमा छलफल हुनुपर्ने पनि बताए।
‘नेपालले अनुदानभन्दा अरू सोच्नै सक्दैन। त्यसकारण संसदको विषय बनाउनुपर्छ, रूलिङ होस्,’ उनले भने, ‘संसदलाई छलेर बीआरआईमा समझदारी गर्न हुन्न।’