प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।
दोस्रो स्थानमा नेपाली कांग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा एमालेले १५ हजार ३५२, नेपाली कांग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो।
प्रदेशसभा क्षेत्र नं १ (ख) मा एमालेले १४ हजार २४०, नेपाली कांग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन्।
प्रदेशसभा क्षेत्र नं २ (क) मा एमालेले १६ हजार २०२, नेपाली कांग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन्।
प्रदेशसभा क्षेत्र नं २ (ख) मा एमालेले ११ हजार ८७१, कांग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए।
इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो।
प्रदेशसभा–२ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ।