निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अारोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो। आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ। उनीसँगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।