आजका तस्बिर- मंसिर ४
आजका तस्बिर- मंसिर ४
रनुखानामा निर्माण गरिएको झोलुङ्गे पुल ।  जुम्लाको सिंजा गाउँपालिका–२ स्थित रनुखानामा पूर्वाधार विकास कार्यालय जुम्लाको रु ५० लाखको लागतमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल। पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी र विद्यार्थीलाई आवतजावत गर्न सहज भएको छ। तस्बिरः विजय रावत /रासस
आजका तस्बिर- मंसिर ४
सूर्योदय ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको सूर्योदयको दृश्य। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- मंसिर ४
नुवाकोटको बट्टार बजार ।  नुवाकोटको बेलकोटगढीस्थित बाघखोरबाट बिहीबार देखिएको जिल्लाको सदरमुकामस्थित व्यापारिक केन्द्र बट्टार बजार, नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य फार्म (प्लान्ट)सहित आसपासको क्षेत्र । तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ४
बसाइसराइँका लागि चौरीलाई भारी बोकाएर लगिँदै ।  बसाइसराइँका क्रममा बिहीबार चौरीलाई सरसामग्री बोकाएर लगिँदै लप्चीका स्थानीय बासिन्दाहरू। तस्बिरः गोर्कण भण्डारी/रासस
आजका तस्बिर- मंसिर ४
हटियामा बिक्री गर्न राखिएको डोको ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका–४, साँघ गाउँमा लाग्ने परम्परागत हटियामा बिक्री गर्न राखिएको डोको। प्रत्येक औँशी र पूर्णिमाको दिन यस बजारमा हटिया लाग्ने गर्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्