आजका तस्बिर- वैशाख ५
आजका तस्बिर- वैशाख ५
बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल ।  बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख ५
वि नीड एनओसी! ।  शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख ५
झिँ–टोड्के पदमार्ग ।  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग। रघुगंगा गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख ५
पौडी ।  सुनसरीको इनरूवास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै स्थानीय किशोर। केही दिनदेखि पूर्वी तराईमा गर्मी बढेर ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। तस्बिर: नवीन गड्तौला, रासस
आजका तस्बिर- वैशाख ५
प्याराग्लाइडिङ गर्दै पर्यटक ।  पोखरा–२४, मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गर्दै चिनियाँ पर्यटक। तस्बिरः जमुनावर्षा शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्