थप उपचारका लागि भारत लगियो राष्ट्रपति पौडेललाई । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ। बुधबार बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लागिएको हो। तस्बिर: सेतोपाटी
बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी । राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि सुरू भएको छ। अभियान अन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ। तस्बिर: नवीनबाबु गुरूङ
पुनहिलमा पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृंखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: सन्तोष गौतम/रासस
झ्याडी नमूनाबस्ती । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको माझी समुदायको झ्याडी एकीकृत नमूना बस्ती। तस्बिरः देवराज सुवेदी/रासस
बृहत् नागरिक आन्दोलनको 'मानव–अधिकार मार्च' । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गरेको छ। नागरिक आन्दोलनले बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी