तालपोखरामा डुङ्गा चढ्नेको घुइँचो । नयाँ वर्षमा पाल्पा रामपुरको तालपोखरामा डुंगा चढ्ने पर्यटकको घुइँचो। तस्बिर: सुशीला रेग्मी/रासस
मौसमी रडार । सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार। यस रडारले साविकको मध्य र सुदूरपश्चिमको मौसमको जानकारी दिने भएता पनि हाल बिग्रिएको अवस्थामा रहेको छ। तस्बिर: सुरेश आचार्य/रासस
सुजनले छेडाए पहिलो पटक जिब्रो । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक जिब्रो छेडाएका बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठ। तस्बिर: रमेश गिरी / रासस
सरसफाइ अभियान । डिभिजन वन कार्यालय ललितपुरको आयोजनामा शनिबार कर्मनाशा खोला आसपासको क्षेत्र सरसफाइ गरिँदै। साथै सरसफाइको अभियानको ड्रोनबाट अवलोकन गरिँदै। तस्बिर : अर्चाना झा/रासस
मध्यपुर थिमिमा खटजात्रा । हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्का: जात्रा अन्तर्गत वैशाख २ गते शनिबार सुथसिया (बिहानको जात्रा) जात्रामा बालकुमारी मन्दिरमा खटजात्रा गर्दै स्थानीय। तस्बिर: निशा भण्डारी/ सेतोपाटी