शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप । काठमाडौंको शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ। पीडितहरूको आज सिंहदरबार घेर्ने कार्यक्रम थियो। प्रहरीलाई शान्तिवाटिकाको गेट खोल्न आग्रह गर्दा पनि नखोलेपछि झडप भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
स्थानीय स्तरमै बनाएका गुडिया । दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्कमा बेच्नका लागि राखिएका स्थानीय स्तरमै बनेका गुडिया। वडाले तालिम दिएपछि अहिले स्थानीय स्तरमै गुडिया बनाएर बेच्ने गरिएको छ। तस्बिर: दीपक बोहरा/रासस
कृषिमा यान्त्रिकीकरण । सुनसरीको इनरूवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै। कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ। तस्बिर: नवीन गड्तौला/रासस
फुलेको जाकारण्डा । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडक छेउमा ढकमक्क फुलेको जाकारण्डाको रूख। तस्बिर: सुरेश आचार्य/रासस
राहुघाटको भर्टिकल प्रेसर साफ्टको ब्रेक थ्रु । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भर्टिकल प्रेसर साफ्ट (सुरूङबाट आएको पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो सुरूङ) जोडिएको ठाउँ। १९६ मिटर अग्लो प्रेसर साफ्ट सुरूङ आज जोडिएको हो। तस्बिरः सन्तोष गौतम/रासस