आजका तस्बिर- मंसिर २
आजका तस्बिर- मंसिर २
खेतबारी जोत्दै किसान ।  मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा गोरुको सहायतामा खेतबारी जोत्दै किसान। मुस्ताङको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकामा हिउँदे बाली उवा र जौ लगाउने चटारो छ। तस्बिरः सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- मंसिर २
कान्ति तालमा डुंगा सयर ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– २१ र २२ मा फैलिएको कान्ति तालमा डुङ्गा सयर गर्दै सर्वसाधारण। तस्बिरः भेषराज बस्नेत/रासस
आजका तस्बिर- मंसिर २
बागमती नदीमा टाँगिएको तोरण ।  आराध्यदेव भगवान् पशुपतिनाथस्थित बागमती नदीमाथि मङ्गलबार टाँगिएको तोरण। पशुपतिनाथ क्षेत्रमा लाग्ने बाला चतुर्दशी मेलाका समयमा र हरिबोधनी एकादशीको दिन बागमतीमा यसैगरी तोरण टाँगिने गरिन्छ। तस्बिरः विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- मंसिर २
पहेँलपुर भई फुलेका तोरीबारी ।  पोखरा महानगरपालिका–२७ अर्घोको अर्चलेमा स्थानीयबासीले लगाएको टोरीको खेतबारीमा ढकमक्क फुलेको फूल र पृष्ठभूमिमा माछापुच्छ्रे हिमशृङ्खला। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- मंसिर २
दिवङ्गत पत्रकार रजकको श्रीमती मगियालाई रोजगारीको नियुक्ति पत्र प्रदान ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा मङ्गलबार मन्त्रालयमा दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई रोजगारीको नियुक्ति पत्र प्रदान गर्दै सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङगाना । मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतको रुपमा करार सेवामा काम गर्नेगरी सुजनलाई नियुक्ति दिइएको हो। तस्बिरः किरणराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्