गहुँ छर्न खेतमा गोरू जोत्दै किसान । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जोनापुरका किसान खेतमा गहुँ छर्न गोरू जोत्दै। यतिबेला यहाँका किसान गहुँ छर्ने कार्यमा व्यस्त छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
टिटी ताल र धौलागिरि हिमाल । मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
सिक्रा बाज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनारामा आहाराको खोजीमा सिक्रा बाज। तेज दृष्टि र द्रूत उडाका कारण चिनिने मध्यम आकारको यो सानो बाज पातलिएका वन क्षेत्र, खुला खेत र बस्तीमा शिकार गर्दै गरेको अवस्थामा देखिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
बादल र हिमशृङ्खला । तनहुँको बन्दीपुर गाउँपालिका–२, पुरानकोटबाट देखिएको टुँडिखेल क्षेत्रसहित बादल र पृष्ठभूमिमा अन्नपूर्ण, मनास्लु, हिमालचुली, बौद्ध हिमाललगायतका हिमशृङ्खला। तस्बिरः सागर गिरी/ रासस