आजका तस्बिर- कात्तिक २१
आजका तस्बिर- कात्तिक २१
बेलढुङ्गामा पर्यटक ।  बागलुङ र म्याग्दी जिल्लाको सङ्गमस्थलको रुपमा रहेको पर्यटकीयस्थल बेलढुङ्गा पुगेका आन्तरिक पर्यटक । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लेको सिमानामा समुद्र सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट हिमश्रृङ्खला दृश्यावलोकन गर्न तथा रमाउन पर्यटकहरू पुग्ने गरेका छन्। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- कात्तिक २१
‘लहरे नाच’ ।  सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मटोलास्थित ठाँटीबजारमा लागेको प्रसिद्ध ठाँटी मेलाको तेस्रो दिन पैसरी नृत्य ‘लहरे नाच’ नाच्दै गाउँका बुढापाकाहरू। यो नाच लोप हुने अवस्थामा पुगेपछि नयाँ पुस्तालाई आकर्षण गर्न गाउँका अगुवा तथा बुढापाकाहरू यो नाचको संरक्षणमा जुटेका छन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- कात्तिक २१
मुस्ताङको लुप्रागाउँ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ स्थित लुप्रागाउँ र पृष्ठभूमिमा मनमोहक हिमश्रृङ्खला । जोमसोम-कोरला राजमार्ग अन्तर्गत जोमसोम-कागबेनी सडकको पान्डाखोलाबाट पूर्वतर्फको भिरालो सतहमा लुप्रागाउँ अवस्थित छ । तस्बिर ः सुन्दरकुमार थकाली÷रासस
आजका तस्बिर- कात्तिक २१
गिद्धकाे बथान ।  तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौ संरक्षण केन्द्रमा आहारका लागि आएका गिद्धकाे बथान। केन्द्रको पशुचौपाया मरेपछि गिद्धलाई आहारको रूपमा दिइन्छ। तस्बिर: मिला दरै/रासस
प्रतिक्रिया दिनुहोस्