पहेँलपुर धानखेत । गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित परूवाफाँटमा पाकेर काट्न तयार भएको पहेँलपुर धानखेती। तस्बिर: जनार्दन घिमिरे/ रासस
छठ घाटमा पूजा सामग्री । जनकपुरधामको पवित्र गङ्गासागर पोखरीस्थित छठ घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्न व्रतालुहरूले सजाएर राखेका पूजा सामग्री। तस्बिरः अमरेन्द्रकुमार यादव / रासस
बागलुङको लामिचौर गाउँ । बागलुङ नगरपालिका–८ सिगानास्थित ढुङ्गाले छाएको परम्परागत घर रहेका लामिचौर गाउँ। तस्बिर: खेमराज गौतम/रासस
सूर्योदय । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय। सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ। तस्बिर: कृष्ण न्यौपाने / रासस
आनावधाम झरना । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र फक्ताङलुङ गाउँपालिका-६ लुङथुङमा अवस्थित आनावधाम झरना। तस्बिरः दिलकुमार लिम्बू/रासस