धानबाली । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा अवस्थित इशानेश्वर महादेव मन्दिर र खेतमा पाक्न पहेंलपुर भएको धानबाली। तस्बिरः देवेन्द्र गुरूङ/रासस
अपर राहुघाटको विद्युत गृह । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा निर्माण भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह। तुँदी पावर कम्पनी लिमिटेडले निर्माण गरेको यस आयोजनाले व्यावसायिक उत्पादनको तयारी गरेको छ। तस्बिरः सन्तोष गौतम/रासस
गुल्मीको सदरमुकाम तम्घास बजार । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गाको गर्जुरा क्षेत्रबाट आइतबार बिहान देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार । तस्बिरः जनार्दन घिमिरे/ रासस
बाढीले हुलाकी मार्ग बगाउँदा । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सा स्थित लखनदेही नदीको बाढीले हुलाकी मार्ग बगाउँदा जिल्लाको पश्चिमी क्षेत्र सदरमुकाम मलङ्गवासँग सम्पर्कबिच्छेद। तस्बिरः विश्वनाथ ठाकुर/रासस