जवाङ खोला पहिरो । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ-१० जवाङ खोलामा खसेको पहिरो। आज बिहान ५ बजेदेखि पहिरोका कारण मुग्लिन–मलेखु सडक पूर्ण रूपमा अवरूद्ध छ। अहिले मलेखु तर्फबाट पहिरो पञ्छाउने काम भइरहेको छ। तस्बिर: हीरालाल गुरूङ/रासस
तमोर कोरिडोर । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाँउमा विस्तार भएको तमोर कोरिडोर सडक (कच्ची) र शिवादोभान–यासोक सडकको ड्रोनबाट लिइएको तस्बिर । तस्बिरः रवीन्द्र काफ्ले/रासस
पहिरोका कारण रोकिएका यात्रु । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा खसेको पहिरोका कारण रोकिएका यात्रुहरु। सोमबार रातिदेखि खसेको पहिरो पन्छाएर बाटो खुलाएपछि अहिले यी यात्रुहरु गन्तव्यतर्फ जाँदैछन् । तस्बिरः शङ्कर श्रेष्ठ/रासस
सदरमुकाम सिमकोट र आसपास क्षेत्र । हुम्लाको सिमकोट गाउँपालिका-५ र ६ मा अवस्थित सदरमुकाम सिमकोट र आसपासको भू-भाग। तस्बिरः कुलदीप न्यौपाने/रासस
सैपाल हिमाल । नेपालगञ्जदेखि हुम्लाको सिमकोट हवाई यात्राका क्रममा मंगलबार खिचिएको सैपाल हिमाल। बझाङ जिल्लामा पर्ने यस हिमाल सात हजार एक सय ३० मिटर अग्लो छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
चंगा उडाउँदै । दसैं सुरू भएलगत्तै घरको छतमा बसेर चङ्गा उडाउँदै बालक। तस्बिरः नारायण महर्जन/सेतोपाटी