खच्चड मार्फत तारजाली ढुवानी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं २ चौरीखर्कबाट सोही पालिकाको वडा नं ५ थामेमा नदी कटान नियन्त्रणका लागि पर्खाल निर्माण गर्न खच्चड मार्फत तारजाली लगिँदै। सडकको पहुँच नभएकाले खच्चड मार्फत ढुवानी गरिएको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा बताउँछन्। गत वर्ष भदौ ३२ गते हिमताल फुटेर गएको बाढीले थामेमा मानव बस्तीमा क्षति पुर्याएको थियो । तस्बिर : गार्डेन राई / रासस
म्याग्दीको रत्नेचौर गाउँ । म्याग्दीको बेनी नगरपालिका– १ मा रहेको रत्नेचौर गाउँ। पहाडको शिरमा समथर फाँट रहेको रत्नेचौर म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
घोडामा सामान ढुवानी । जोमसोममा शनिबार नेपाली सेनाको घोडाहरूलाई तालिम अभ्यासका लागि मालसामान बोकाएर थोरङलापासतर्फ लगिँदै । तस्बिर : सुन्दरकुमार थकाली/रासस
भेरी नदीको किनारामा रहेको गाउँहरू । नलगाड नगरपालिका–१२ को ओलगुत्ता र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित भेरी नदीको किनारामा रहेको गाउँहरू। तस्बिरः हेमन्त केसी/रासस
चिनियाँ भन्सारमा मालवाहक कन्टेनर र विद्युतीय सवारी । नेपाल—चीन उत्तरी कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा ल्याइएका मालवाहक २० पाङ्ग्रे कन्टेनर र विद्युतीय सवारी। तस्बिरः सुन्दरकुमार थकाली/रासस