आजका तस्बिर- भदौ ३०
आजका तस्बिर- भदौ ३०
क्षति भएका सवारी साधन त्रिपालले छोपिँदै ।  अर्थ मन्त्रालय परिसरमा ‘जेन-जी’ आन्दोलनबाट तोडफोड भई क्षति भएका सवारी साधन सोमबार त्रिपाल लगाएर छोपिँदै। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ ३०
जनकपुरधाम ।  जनकपुरधामस्थित जानकी मन्दिर, पवित्र सरोवरगङ्गा सागर, धनुषसागर र आसपासको क्षेत्र। तस्बिरः अमरेन्द्रकुमार यादव / रासस
आजका तस्बिर- भदौ ३०
तमोर कोरिडोर ।  छिमेकी मुलुक भारत र चीनलाई छोटो दूरीमा जोड्ने पूर्वी पहाडमा निर्माणाधीन तमोर कोरिडोर सडकको धनकुटाको चौबिसे गाउँपालिका खण्डको ड्रोनबाट लिइएको तस्बिर। तस्बिर: रवीन्द्र काफ्ले/रासस
आजका तस्बिर- भदौ ३०
हलो जोत्दै प्रेममाया श्रेष्ठ ।  सिन्धुलीको तीनपाटन गाउँपालिका–७ गौरीगाउँस्थित बारीमा हलो जोत्दै प्रेममाया श्रेष्ठ। श्रीमान् विदेश गएपछि विगत तीन वर्षदेखि आफूले हलो जोत्दै आएको बताउँछिन्। तस्बिर: राधिका बुढाथोकी/रासस
आजका तस्बिर- भदौ ३०
तीन मन्त्रीले लिए शपथ ।  नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्