भोजपुरको चोलन्ती गाउँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ को चोलन्ती गाउँ। यस ठाउँ कृषि उत्पादनका लागि उर्वरभूमि मानिन्छ। तस्बिरः युवराज विष्ट/रासस
पोखराबाट देखिएको हिमाल । पोखरा महानगरपालिका-१४ गोर्खाभिलेजबाट बुधबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे लगायतका हिमालको दृश्य। तस्बिर: राधिका कँडेल/रासस
धान नाच स्तम्भ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मे डाँडामा निर्माण गरिएको धान नाच पार्कभित्रको धान नाच स्तम्भ। तस्बिरः दिलकुमार लिम्बू/रासस
म्याग्दीको ढोल्ठान । म्याग्दीको बेनी नगरपालिका– ९ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल ढोल्ठानमा निर्माण गरिएको प्रवेशद्वार लगायतका पर्यटन पूर्वाधार र पृष्ठभूमिमा हिमाल। तत्कालीन पर्वत राज्यका राजा दिलिप बम मल्लले दरबार बनाएर शासन चलाएको यस ठाउँलाई अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ। तस्बिर: कमल खत्री/रासस
लक्ष्मी नृसिंह दिव्यधाम । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित लक्ष्मी नृसिंह दिव्यधाम। नृसिंह भगवानको मन्दिरसहित धर्मशाला, पार्श्ववर्ती विभूतिहरूको मूर्ति स्थापना समेत कलात्मक ढङ्गले गरिएको यस स्थान निम्बार्क वैष्णव सम्प्रदायको आस्थाको केन्द्र बनेको छ । तस्बिरः टेकराज पोखरेल/रासस